जिसस मकवानपुरको चौथो जिल्ला सभा सम्पन्न

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको चौथो जिल्ला सभा आईतबार भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको चौथो जिल्ला सभामा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जिसस मकवानपुरले हाल सम्म गरेका काम तथा आगामि दिनमा गर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जिल्ला समन्वय समितिको पहलमा जिल्लालाई पहिलो सहयोगापेक्षि मावन मुक्त जिल्ला घोषणा गरिएको जानकारी दिनुभयो । त्यस्तै गत आर्थिक वर्षमा स्थानिय तहका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम, नायायिक समितिका सदस्यहरुलाई क्षमता विकास तालिम, १० वटै स्थानिय तहको गतिविधि समेटीएको मकवानपुर नामक पुस्तक प्रकाशन लगायतका काम गरेको जानकारी दिनुभयो । त्यस्तै उहाँले जिल्ला समन्वय समिति मकवानपुरले स्थानिय तहका जनप्रतिनिधहरुलाई जनता प्रति अझै जवाफदेही बनाउन योजना तथा कार्यक्रमको अनुगमन तथा आवश्यक सुझाव समेत प्रदान गरिएको बताउनुभयो । त्यस्तै नदि जन्य पदार्थको अनाधिकृत प्रयोग र दोहनलाई निरुत्साहित र व्यवस्थित गर्ने कार्य गर्दै नियम विपरित कार्य गर्नेलाई कारबाही समेत गरिएको बताउनुभयो ।

त्यस्तै जिल्लाका सम्पुर्ण स्थानिय तहकोे पहिचान, प्रतिष्ठान र एकरुपताकालागि पोषक र लोगो तयार पारेर लागु गरिएको , एक अर्को स्थानिय तहबिच समन्वय र सहकार्यकालागि हरेक महिनाको २५ गते समन्वय बैठक बस्ने व्यवस्था गरिएको, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको स्थानीय पुर्वाधार विकासका लागि प्रति निर्वाचन क्षेत्रको बजेटले प्रत्येक स्थानिय तहमा समान बाँडफाँड गरिएको, जिल्ला समन्वय समितिमा रहेको मौजदात कोषके रमकबाट काम गरिएको, पर्यटन र पुर्वाधारका विकासकालागि प्रदेश सरकारलाइृ सिफारीस गरिएको जानकारी दिनुभयो । त्यस्तै जिल्ला स्थित वन, खानेपानि, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा समन्वय गरिएको समेत जानकारी दिनुभयो । भुकम्प प्रभावितका सवालमा समन्वय गरिएको जसले भुकम्प प्रभावितका समस्या समाधान भएको बताउनुभयो । त्यस्तै घरेलु तथा साना उद्योग कार्यालयद्धारा स्थानिय तहमा संचालित लघु उद्यम कार्यक्रमलाई प्रभावकारी बनाईएको, जिल्लाका साझा सवालहरु र बहुसरोकारका बिषयमा समय समयमा छलफल, सहजीकरण तथा निर्देशन समेत दिईएको बताउनुभएको छ । उहाँले यस बाहेक पनि जिल्लाको समग्र विकासमा टेवा पुग्ने काममा निरन्तर सहजिकरण र समन्वय गरिउको जानकारी दिनुभएको छ । साथै उहाँले जिल्ला समन्वय समितिले आगामि दिनमा समेत यस्ता समन्वय र सहजिकरणको कामलाई निरन्तररता दिदै पालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Skip to toolbar